शेफिल्डमाथि चेल्सी २-० ले विजयी



काठमाडौं ।

ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा चेल्सीले शेफिल्डलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा चेल्सीले दोस्रो हाफमा दुवै गोल गरेको थियो। चेल्सीको जितमा कोल पाल्मर र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए।

यो चेल्सीको यस सिजनमा छैटौँ जित हो। यो जितपछि १७ खेलमा २२ अङ्क भएको छ र लिगमा १० औं स्थानमा रहेको छ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १२ औँ हार हो। १७ खेलमा केवल ८ अङ्क रहेको शेफिल्ड अङ्क तालिकामा पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्