यू-१९ एसिया कप: फाइनलमा आज युएई र बङ्गलादेश भिड्दै



काठमाडौं ।

एसीसी यू-१९ एसिया कपको फाइनलमा आज आयोजक युएई र बङ्गलादेशबीच भिडन्त हुँदै छ। फाइनल खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुने छ।

शुक्रबार भएका सेमिफाइनलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने अर्को सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४ विकेटले पराजित गरेको थियो।

सेमिफाइनलमा यस प्रतियोगिताको उपाधिका दाबेदार भारत र पाकिस्तानलाई युएई र बङ्गलादेशले सर्प्राइज दिँदै बाहिरको बाटो देखाएका थिए। ८ देशले भाग लिएको यू-१९ एसिया कपमा समूह ए मा पाकिस्तान र भारतका अलावा नेपाल र अफगानिस्तान रहेका थिए।

अफगानिस्तानले आफ्ना ३ खेलमा एक जित हासिल गरेर समूहमा तेस्रो हुँदै बाहिरिएको थियो भने नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो । त्यस्तै समूह बि मा बङ्गलादेश र युएईका अलावा श्रीलङ्का र जापान रहेका थिए।

श्रीलङ्काले ३ मध्ये एक खेलमा मात्र जित हासिल गरेर तेस्रो हुँदै बाहिरिएको थियो भने जापानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्