अरहान्त र विपना च्याम्पियन



काठमाडौं ।

अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा शनिबार च्याम्पियन बनेका छन्। सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा हराए।

उनले सो खेल ६–११, ११–७, ११–४ र ११–८ ले आफ्नो पक्षमा पारेका हुन् । यो अरहान्तको खेलजीवनको १४औं एकल उपाधि पनि बन्यो। महिला एकल फाइनलमा विपना ब्लोनले कृष्णा थापालाई चार सेटमै पराजित गरेर उपाधि जितिन्। उनले सो खेल ११–८, ८–११, ११–६ र १३–११ ले जितेकी हुन्।

यसैगरी यु–१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बनिन्। सो स्पर्धाको ब्वाइज फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पाखा लगाए।

यसैगरी मास्टर्स ५० वर्षमाथि छविलाल पाइजा पुन प्रज्ज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सिपमा पासाङ ब्लोनले दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन भए।

नेपाल स्क्वास  र्‍योकेट्स संघ स्थापनाको ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वासको आयोजना भएको हो। प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्