ब्यायाम मन्दिरद्वारा ब्यक्तित्वहरु सम्मानित



काठमाडौं ।

ब्यायामको लागि नेपालकै जेठो संस्था नेपाल ब्यायाम मन्दिर, ज्याठाले आफेनो २३ औं साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ।

मन्दिरले बर्षेनी साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा शनिबार उदय श्रेष्ठ र रत्नलाला मानन्धरलाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्‍यो।

ब्यायाम मन्दिरको विकास र विकासमा संस्थाको विभिन्न ओहदामा बसेर विगत लामो समयदेखि कार्य गर्दै आईरहेका पूर्व अध्यक्ष श्रेष्ठ र सदस्य मानन्धरलाई लाईभ टाईम एचिभमेन्ट अवार्ड बाट सम्मानित गरेको हो । सम्मानित ब्यक्तित्वहरुले नगद ५५ हजार ५ सदय ५५ का साथ प्रशंसा पत्र प्राप्त गरे ।

यस्तै सोही अवसरमा विगत चार बर्ष देखि सुरु गर्दै आएको खेलकुद पत्रकार सम्मान बाट रातो पाटीका रोशन सिंह राउत, गोरखापत्रका प्रजित शाक्य, कान्तिपुर टेलीभिजनका प्रदीप लेखी, मेरो फिटनेश प्राईम एएचडी टिभीका देवराज पराजुली, काष्टमण्डप टिभीका रोहित भट्ट र एबिसी टिभीका कवि राज बि.सी.लाई आफ्नो पत्रकारीताको माध्ययमबाट ब्यायाम मन्दिरको विभिन्न खेल गतिविधीका साथै मन्दिरद्वारा आयोजित मि.धर्मश्रीको प्रचार प्रसार गरेकोमा सम्मान गरिएको हो । सम्मानित पत्रकारहरुलाई प्रशंसापत्रका साथ नगद १० हजारले सम्मान गरेको हो ।

यस्तै मन्दिरले आफ्ना सदस्यहरुका छोरा छोरीहरुले विभिन्न क्षेत्रमा गरेको प्रगतीलाई मध्यनजर गर्दै सन्तती पुरस्कार बाट प्रजल बरिया र श्वेता शाहीलाई नगद १० हजार सहित प्रशंसा पत्रले सम्मान गरेको हो।

यस्तै अभिवक्ता कुमार राज भट्टराईलाई नगद २५ हजार सहित बिशेष सम्मान र समाज सेवी बिद्या सागर तुलाधरको तर्फबाट विगतमाझै ब्यायाम मन्दिरको विकासमा सहयोग पुर्‍याउनुहुने सदस्यहरु कोषाध्यष प्रशान्त सिंह र पूर्ण कुमार मानन्धरलाई नगद २० हजारले सम्मान गरेको हो।

यस्तै मन्दिरका उपाधयक्ष नानी काजी डंगोललाई संचालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो। यस्तै नेपाल ब्यायाम मन्दिरको खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा सहाभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरुलाई पनि नगदद्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्