प्रवीणको रंगेली रुप



काठमाडौं ।

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गते रिलिज हुने फिल्म रंगेलीका दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई मानबहादुर ढकाल नाम दिइएको छ।

पोस्टरले उनी फिल्ममा नेपाल प्रहरीको निरीक्षक बनेकोको खुलाएको छ। यसअघि, अभिनेताद्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको फिल्ममा खतिवडाको भूमिका बलियो रहेको निर्देशक अर्जुन सुवेदीले बताए।

सुवेदीकै लेखन रहेको रंगेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकीलगायतका कलाकारले प्रमूख भूमिकामा अभिनय गरको छन्। संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठद्वारा निर्मित फिल्ममा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना, सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत र सुशन प्रजापतिको छायांकन रहेको छ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित रेड कार्पेट प्रिमियर हुने फिल्म नेपालस“गै नेपालीको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज गरिने निर्माण संस्थाले जानकारी गराएको छ।

फिल्ममा जीतेन्द्र खतिवडा र अनुज जंग थापा, युवक कार्की र शिवशंकर चौलागाईं सह–निर्माता तथा विवेक खड्का (योलो) एसोसियट निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्