पत्रकार मनाेज जाेशीद्वारा बोन म्यारो पिडीतलाई आर्थिक सहयोग



काठमाडौं ।
तनहुँ जिल्लामा जन्मेका मनोज जोशी नेपालको एक परिचित अनुहार दक्ष टेलिभिजन पत्रकार,समाचार प्रस्तोतार संवाददाता र टक शो होस्ट हुन्।

टेलिभिजन पत्रकारितामा दुई दशक अगाडिदेखि लागेका जोशीले कान्तिपुर टेलिभिजन,इमेज च्यानल जस्ता टेलिभिजनमा समाचार बाचन अन्तरवार्ता र समाचार प्रडुसर लगायतका काम गरेर प्रख्याति कमाईसकेका जोशी हाल नेपालको अग्रणी मीडिया एपीवान टेलिभिजनमा सिनियर समाचार वाचक,अन्तर्वाताकार,रक्षा र सुरक्षाविटका संबादाताका रुपमा कार्यरत छन् ।

विशेषगरी रक्षा र सुरक्षाका विषयमा वकालत गर्दै आएका छन् । उनले संचालन गर्ने एप टक टाइमलाई आम दर्शकका लागि उत्कृष्ट समसामयिक टक शो मानिन्छ । यसबाहेक जोशीको सम्पादकीय क्षमता, आन्तरिक तथा बाह्य जानकारीमूलक समाचार रिपोर्टिङ र प्रस्तुतिले पनि सकारात्मक सन्देश दिएको छ । वरिष्ठ पत्रकार जोशी सामाजिक कार्यमा पनि सक्रिय छन् ।

पत्रकारिताको सँगसँगै लामो समयदेखि समाजिक कार्यमा समेत सक्रिय जोशीले अनाथ र बिपन्न परिवार , आर्थिक समस्यामा परेर उपचार गर्न समस्या बोहोरिरहेका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका छन् । उनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा थुप्रैलाई सहयोग गरिसकेका छन । आफुले व्यक्तिगत रुपमा सहयोग गर्दा आफुलाई ठुलो आत्मसन्तुष्टी मिल्ने जोशी बताउँछन् ।

कोहि पनि व्यक्ति आर्थिक अभाबकै भरमा उपचार गर्नबाट बन्चित भएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउनुहुन्न भन्ने सोच राख्छन् जोशी । त्यसैले स्वास्थ्य शिक्षा रोजगार र आवास जस्ता आधारभूत कुराहरुलाई सरकारले बिशेष प्राथमिकता राख्नु पर्छ जोशी भन्छन् । उनको सबैभन्दा ठुलो सन्तुष्टि आफुले सहयोग गरेका विपन्न अवस्थाका व्यक्ति भोलिका दिनमा स्वस्थ्य, सबल र सक्षम छ भन्ने खबर सुन्दा आफुलाई धेरै खुसि लाग्ने पत्रकार जोशी बताउँछन् । उनले आगामी दिनमा पनि यस्ता सहयोग सामाजिक कार्यमा आफुले निरन्तरता दिने बताए ।

यसैबिच पत्रकार मनोज जोशीले दुर्लभ बोन म्यारो रोगसँग लड्दै गरेकि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ मरेककी १९ वर्षीया प्रेमा रोगुको उपचारमा सहयोग स्वरुप २१ हजार १ सय प्रेमाको परिवारलाई सहयोग गरेका छन् ।

विज्ञानमा स्नातक अध्ययनरत प्रेमा काठमाडौंको सिभिल अस्पतालमा आर्थिक अभावका कारण दुर्लभ बोन म्यारो रोगसँग लड्दै गरेको र पर्याप्त आर्थिक स्रोत नहुँदा प्रेमाको उपचार जारी राख्न नसकेको भन्ने सुचना पाएपछि पत्रकार जोशीले प्रेमालाई उपचारमा केहि हदसम्म भएपनि सहयोग होस् भनि उक्त रकम सहयोग गरेको बताएका छन् ।

पत्रकार जोशी भन्छन् थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेजस्तै मेरो यो आर्थिक सहयोगले पनि उनीहरुको पिडामा थोरै भएपनि मलम लगाउन सकेको छ । प्रेमाका बुबा विष्णुकुमार रोगुले भने, ‘हामी सबै सहयोगी हातहरुलाई प्रेमाको जीवन बचाउन सहयोग सहयोगको याचना गरिरहेको समयमा पत्रकार जोशीको यो सहयोग हाम्रालागि अमूल्य सावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्