सिन्धुली।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ पलासेमा मंगलवार दिउँसो विङ्गर गाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जनकपुरबाट काठमाडौँ तर्फ जाँदै गरेको म.प्र.०४–००१ ज ०२४३ नं.को विङ्गर गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ७ जनालाई थप उपचारका लागि साँझ सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
थप उपचारको लागि काठमाडौँ पठाइएको घाइतेहरुमा नामथर वतन नखुलेको अवस्था गम्भीर रहेका अन्दाजी ३५-४० का एक पुरुष, धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.९ बिर्ता बस्ने अन्दाजी ३५ बर्षिया सिता यादब, सिता यादवको छोरा १४ बर्षिया पियुस गोहित, ३ बर्षिया ओम साह, धनुषाकै सहिदनगर नगारपालिका वडा नं.७ बस्ने १५ बर्षिया प्रिन्स साह रहेका छन् ।
धनुषा सहिदनगर नगारपालिका वडा नं.७ कै ३९ बर्षिया स्याम बहादुर मण्डल र धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.२३ का दीपेन्द्र यादवलाई पनि काठमाडौँ पठाइएको छ ।
काठमाडौँ पटाइएका सबै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका अन्य घाइतेहरूमा चालक जिल्ला धनुषा शहिदनगर नगरपालिका ४ का वर्ष ३६ का दिपक कुमार दास, धनुषा सहिदनगर नगरपालिका वडा नं.७ का वर्ष १७ की रानीकुमारी मण्डल, सिता यादवको छोराछोरीहरु वर्ष १५ का आयुस गोहित, वर्ष १२ की रुबी गोहित छन् ।
यकिन वतन नखुलेको भैसेपाटी ललितपुर बस्ने वर्ष २६ की प्रियङ्का साह, निजको छोरीहरु वर्ष १६ की जेनी साह, वर्ष ११ की सफल्ता साह, र जिल्ला धनुषा सहिदनगर नगारपालिका वडा नं.७ बस्ने वर्ष ६२ को रामदेउ साह पनि दुर्घटनामा परी घाइते भएका छन् ।
गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल अधेरी खोलाको बगरमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।











प्रतिक्रिया