राष्ट्रिय सभा निर्वाचन: दल दर्ताका लागि आयोगले तोकेको समयसीमा आज सकिँदै



काठमाडौं ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज (शुक्रबार) सकिँदैछ।

आयोगका अनुसार संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने छ। आयोगले दर्ता गरेर मात्र राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन सकिने जनाएको छ।

मंसिर २२ गते सूचना जारी गर्दै आयोगले यहि मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गरिसक्नुपर्ने जनाएको थियो। बिहीबारसम्म १० वटा राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

प्रमुख दलहरुमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा, जसपा, लोकपा, नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन्।

नेपाली कांग्रेसले शुक्रबार कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गर्ने बुझिएको छ। फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुने छ। १ जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्