चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



मुग्लिन ।

चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्