भिडियोमा कृषि कर्म र पिरती



काठमाडौं ।

गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा मलाई तिम्रो मुटु सरी बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा कपिल भट्टको शब्द रचना, अर्जुन पोखरेलको संगीत र आदेश गुर्माचनको एरेन्ज रहेको छ। गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन्। भिडियोमा एक विवाहित जोडीको कृषि कर्म र माया पिरती प्रस्तुत गरिएको छ।

निकेश खड्काको कथा, परिकल्पना र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्