तारादेवीले ल्याइन् सुनुवार भाषाको गीत



काठमाडौं ।

गायिका तारादेवी सुनुवारले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रमबीच आफ्नै युट्युब च्यानलमार्फत सुनुवार भाषाको गीत फेनेरेल्फु रेल्षा : आ सार्वजनिक गरेकी छन्।

गीतमा गायिका सुनुवारलाई गायक पुष्कर सुनुवारले साथ दिएका छन् भने संगीत संयोजन पनि उनकै रहेको छ। कार्यक्रममा प्रमुख अतिथि फिल्म निर्देशक तथा साहित्यकार प्रकाश सायमीले नेपालमा बोलिने सुन्दर भाषामध्ये एक सुनवार भाषामा पनि म्युजिक भिडियो बनेको खुसी व्यक्त गरे।

गीतको रचनाकार तारादेवी स्वयं हुन् भने गीतको भिडियोका निर्देशक र कोरियोग्राफर बृहसमान सुनुवार रहेका छन्।

गीतको भिडियोमा गायिका सुनवारका साथै बृहसमान सुनुवार, अञ्जु सुनुवार लगायतका कलाकारले अभिनय गरेका छन्। भिडियोमा सम्पादन मोहन सुनुवारको रहेको छ।

पत्रकार विमला सुब्बाले स्वागत मन्तव्य राखेको कार्यक्रम सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो भने फिल्म पत्रकार विजयरत्न तुलाधरले समीक्षात्मक टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्