सिग्देललाई प्रधानसेनापति बन्ने बाटो खुला



काठमाडौं ।

सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । सिग्देलको रथीमा बढुवा भएपछि अव नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने बाटो खुलेको छ।

नेपाली सेनामा उपसेनानीबाट सेवा प्रवेश गरेका सिग्देलले गुल्म, गण, बाहिनी, पृतनाको कमाण्ड गरी सक्नुभएको छ। नेपाली सेनामा संचालन हुने विभिन्न तालिममा उत्कृष्टता हासिल गरेका सिग्देलले चीनबाट एनडिसी कोर्ष गर्नुभएको थियो।

नेपाली सेनाभित्र सेनाको श्रीवृद्धिका लागि सिग्देल तत्काल निर्णय लिन सक्ने उच्च सैनिक अधिकारीको रुपमा चिनिनुहुन्छ। आगामी भदौमा हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास लिएपछि सिग्देलले नेपाली सेनाको कमाण्ड सम्हानुहुने भएको छ।

२०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुनुहुन्छ। सेनाको हायर कमाण्ड कोर्समा समेत उहाँ प्रथम हुनुभएको थियो। हाल उहां सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशकको रुपमा कार्यरत रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्