पूर्वमिस नेपाल शृंखलाले गरिन् बिहे



काठमाडौं ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाधिएकी छन्  । आज बिहीबार उनले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन्।

काठमाडौँको होटल हायातमा अहिले उनीहरुको बिहेको समारोह चलिरहेको छ। शृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै बोलाइएको छ।

बेहुली बनेकी श्रृंखला निकै खुसी देखिएकी छिन्। रातो सारी र गहनामा सजिएकी उनी निकै सुन्दर देखिएकी छिन्। शृंखला र सम्भव केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्