सङ्कल्प यात्राले अध्यक्ष र एमालेप्रतिको क्रेज अझ बढ्यो : महासचिव पोखरेल



भोजपुर ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि सङ्कल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन्।

बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी लोक मार्गको यात्राले मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए।

यात्राले पार्टी अध्यक्ष र एमालेप्रतिको क्रेज अझ बढेर गएको उनको भनाइ छ। उनले भने, ‘यात्राले हाम्रो पार्टी अध्यक्षप्रतिको क्रेज बढेर गएको पायौं। बालबालिकादेखि ज्येष्ठ नागरिकहरूको अथाह माया पाएका छौँ। विपक्षी दलका नागरिकको पनि उत्तिकै सम्मान पाएका छौँ।’

पोखरेलले पहाडी क्षेत्रमा विकासको परिवर्तन हुँदैछ भन्ने सन्देश आफूहरूले यात्राको क्रममा पाएको बताए।

प्रतिक्रिया दिनुहोस्