लिभरपुल कलेज च्याम्पियन



काठमाडौं ।

लिभरपुल मा.वि./कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौं लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

लिटिल एन्जेल्स कलेजको खेल मैदानमा मङ्सिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको फाइनलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बनेपछि उपाधि विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो।

प्रतियोगितामा लिभरपुलका विपिन कार्की उत्कृष्ट खेलाडी र लिभरपुलकै विश्राम टन्डन उत्कृष्ट प्रशिक्षक घोषित भए।

प्रतिक्रिया दिनुहोस्