दीपिका फेरि बिकिनी विवादमा



एजेन्सी ।

बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म फाइटर पछिल्लो समय चर्चामा छ। सिद्धार्थ आनन्दको निर्देशन रहेको र सन् २०२४ को जनवरीमा रिलिज हुने फिल्ममा अभिनेत्री दीपिकाको फाइटर लुक विशेष चर्चामा छ।

हालै सो फिल्मको टिजर सार्वजनिक भएपछि फिल्मको एरियल एक्सन दृश्यले कतिपयको फिल्मप्रति ध्यानाकर्षण गरेको छ। पहिलो भारतीय एरियल फिल्म दाबी गरिएको सो फिल्मममा दीपिकको लुक्स र अभिनयको दृश्यको चर्चा भएको छ भने टिजरमा समावेश दृश्यलाई लिएर दीपिका ट्रोलसमेत भएकी छन्।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले टिजरमा देखिएको दीपिकाको चुम्बन र बिकिनीको दृश्यमाथि प्रश्न उठाउँदै फाइटर नामको फिल्ममा फाइटरकै अपमान गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन्।

केही समय अगाडि पनि फिल्म पठानमा आफूले लगाएको सुन्तला रङको बिकिनीका कारण दीपिका विवादमा परेकी थिइन्। आगामी फिल्ममा पनि दीपिकाको बिकिनीलँई लिएर दर्शकले प्रश्न उठाएका छन्।

फिल्ममा ऋतिक र दीपिकाको साथमा अनिल कपुर, करण सिंह ग्रोवर, अक्षय ओबरोय, सान्दिदा शेख लगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्