नेपाल सुन्दरीको मेहेन्दी माहोल



काठमाडौं ।

पूर्व मिस नेपाल शृंखला खतिवडाको बौद्धस्थित हायात होटलमा मेहन्दी समारोह सम्पन्न भएको छ। आज बिहीबार प्रेमी तथा सञ्चार उद्यमी सम्भव सिरोहियाका साथ वैवाहिक जीवनमा बाँधिन लागेकी शृंखलाले पूर्व मिस नेपालहरू प्रीति सिटौला, उषा खड्गी, जेनिशा मोक्तान, सुगारिका केसी, मलिना जोशी, सदीक्षा श्रेष्ठ तथा परिवारजन र साथीभाइका बीच मेहेन्दी समारोह आयोजना गरेकी हुन्।

विवाहको विभिन्न कार्यक्रमअन्तर्गत शृंखलाले गत शनिबार आफ्नै निवासमा आफन्त तथा केही सेलिब्रेटीको साथमा ब्याचलरेट पार्टीको आयोजना गरेकी थिइन्।

त्यस्तै, केही दिनअघि पूर्व मिस नेपालहरूका साथ नगरकोटस्थित एक रिसोर्टमा ब्याचलरेट पार्टीको आयोजनाा गरेकी थिइन्। शृंखला र सम्भवले केही वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। वैवाहिक समारोह पनि हायात होटलमा नै आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्