बलिउडको धुमका ह्यारी नेपालको देव वाणीमा



काठमाडौं

नेपालमा भने जस्ता एकसे एक कलाकार छन्। यसका बाबजुद कहिलेकाहीँ विदेशी कलाकारलाई पनि अभिनय गराउने गरिन्छ। यसै क्रममा बलिउड अभिनेता ह्यारी जोशलेंलाई नेपाली फिल्ममा अभिनय गराएको छ।

बलिउडमा नकारात्मक भूमिकामा रुचाइएका उनलाई देव वाणीमा अभिनय गर्न नेपाल बोलाइएको हो। उनले काठमाडौं आएर फिल्मको काम समेत शुरु गरिसकेका छन्।

उनले गत सातादेखि सुटिङ सेटमा सहभागी भएर अभिनय गरिरहेको फिल्मका निर्देशक बाबु साहेब बलामीले बताए। करिब एक सातासम्म फिल्मको अन्तिम चरणको छायांकन हुने जानकारी पनि उनले गराएका छन्।

फिल्ममा ह्यारीको विशेष भूमिका रहने र फिल्म हिन्दी भाषामा पनि रिलिज हुने भएकाले भारतीय कलाकारलाई समेत लिइएको दाबी बलामीको छ। ह्यारीले वान्टेड, धुम २, वेलकमजस्ता फिल्ममा अभिनय गरका छन्। फिल्म नेपालसँगै भारतका हलमा पनि रिलिज गरिने निर्माण संस्थाले जानकारी गरएको छ।

एक्सन–लभस्टोरीमा निर्माणाधिन फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनील थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायतले अभिनय गरिरहेका छन्।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसको ब्यानरमा मीना खड्का र हिराबहादुर लेप्चाद्वारा निर्माणाधीन फिल्ममा कथा नीराजन मेहता मन्जिल, द्धन्द श्री श्रेष्ठ, छायांकन हरिबहादुर घले, कोरियोग्राफी रामजी लामिछाने र तेञ्जु योञ्जन, संगीत मनोहर सुनाम र सम्पादन बन्दे प्रसादको रहनेछ।

प्रतिक्रिया दिनुहोस्