सज्जाको स्वरमा किनाराको ढुंगा



काठमाडौं ।

चर्चामा रहेकी गायिका सज्जा चौलागाईंको स्वरमा किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतकार कमला न्यौपानेको शब्द रचना तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ। गीतको भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावको बयान गरेको छ। भिडियोमा मोडल सुयसा पौडेल खुलेकी छिन्।

भिडियोको निर्देशन गायकसमेत रहेका अनुप रेग्मीले गरेका हुन्। निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए। गायनको क्षेत्रमा एकपछि अर्को सिर्जना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशन माकिनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन्।

विक्रम शाहको कन्सेप्ट रहेको भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन विकाश दाहालको छ भने भिडियो तरंग द वेभ क्रियसनबाट बजारमा आएको हो। रेग्मीको स्वरको अर्को नयाँ गीतको भिडियो रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्