डी सिने अवार्डको १५औं संस्करण हुने



काठमाडौं ।

डी सिने अवार्डको १५ औं संस्करण हुने भएको छ। अवार्डमा प्रतिस्पर्धा गर्नका लागि दर्ता आह्वान गरिएको छ। हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य, भव्यर सुसंस्कृत चलचित्रको चाहना भन्ने नारामा आधारित रहेर आयोजना गरिँदै आएको डी सिने अवार्डको नयाँ संस्करणमा २०७९ सालमा रिलिज भएका फिल्म सहभागी हुन पाउनेछन्।

आगामी पुस १५ गतेसम्म फिल्म दर्ता गर्न सकिने आयोजकले जानकारी गराएका छन्। डिजिटल फिल्मका माध्यमबाट निर्माण गरिएका फिल्म, फिल्मकर्मी, स्रष्टा, सर्जक, प्राविधिकलाई प्रोत्साहित गरी गुणस्तरयुक्त फिल्म निर्माण हेतु यसरी अवार्ड आयोजना हुँदै आइरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए।

अवार्ड आगामी माघ महिनामा आयोजना गरिने आयोजक संस्था छायाँछवि क्रियसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्