जानुकाको निरन्तरता



काठमाडौं ।

गायिका जानुका थापा पुनले नयाँ गीति एल्बम निरन्तरता सार्वजनिक गरेकी छन्। सार्वजनिक संग्रहमा हरि लम्सालको एकल संगीत तथा उनका साथमा अनमोलमणिको शब्द रचना रहेको छ।

प्रमोद खरेल, सागर आले, रामभक्त जोजिजु र स्वरूप आचार्यको स्वर रहेको एल्बममा पाँच गीत संग्रहित छन्। एल्बमका पाँचै गीत फरक शैलीको भएको गायिका पुनले जानकारी गराइन्।

एल्बममा संग्रहित पाँचमध्ये तीन गीतको म्युजिक भिडियो पनि बनाइएको छ। जसमध्ये लाहुरै जाने बेलैमा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ भने बाँकी भिडियो सार्वजनिक गर्दै जाने उनले बताइन्।

लाहुरै जाने बेलैमा गीतमा छुट्टीमा आएको लाहुरे प्रेममा परी छुट्टिसकेपछि आफ्नो प्रेमिकालाई छोडेर जानुपर्दाको प्रसंग मार्मिक ढंगले प्रस्तुत गरिएको छ। विक्रम थापा मगर र अञ्जली अधिकारीको अभिनय रहेको भिडियो युवराज वाइबाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्