भिडियोमा वास देऊ मलाई



काठमाडौं ।

लोकप्रिय लेखक, निर्देशक तथा निर्माता मदन घिमिरेको निर्देशनमा वास देऊ मलाई बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो। निर्देशक घिमिरेको शब्द रचना, दीपक लिम्बू र अनु चौधरीको स्वर, सञ्जय खड्कीको संगीत संयोजन रहेको गीतको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीले अभिनय गरेका छन्।

भिडियोमा छायांकन रामेश्वर हुमागाईं र सम्पादन तारा थापा ‘किम्भे’को छ।

प्रतिक्रिया दिनुहोस्