११ः५५ बन्ने



काठमाडौं ।

राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच ११ः५५ नामक फिल्म निर्माणको घोषणा गरिएको छ। केशव पाण्डेको कथा र निर्देशनमा बन्ने फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतले अभिनय गर्नेछन्।

निर्देशक पाण्डेस“गै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहने फिल्म क्राइम, थ्रिलर विधामा निर्माण हुने जनाइएको छ।

गुड जब आर्ट्सको सहकार्य तथा विचित्र फिल्म्स्को ब्यानरमा श्याम शर्मा र सरोजा शर्माले निर्माण्ँ तथा जुनानाथ सापकोटाले सह–निर्माण गर्ने फिल्मको कथा एक दशकदेखि फिल्मसम्बन्धी अनुभवलाई स”गालेर तयार पारेको निर्देशक पाण्डेले बताए। अभिनेत्री सृष्टि श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन्।

अभिनेता त्रिपाठीले आफूले नया“ भूमिका प्राप्त गरेको बताए। फिल्ममा अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युम्न मिश्रको छायांकन र पासाङ दावा शेर्पाको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्