दुई कदमको रोमाञ्चकता



काठमाडौं ।

लिम्बू संस्कृतिमा बनेको फिल्म दुई कदमको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

उदय सुब्बाद्वारा निर्देशित फिल्मको सार्वजनिक २ मिनेट ३ सेकेन्ड लम्बाइको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार–चढाव र लिम्बू संस्कारलाई प्रस्तुत गरिएको छ।

ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बू र सिमोन गिरीको बाइक यात्रा तथा नोकझोंकका दृश्यले दर्शकमा कौतुहल्ता पैदा गर्छ। फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बू, सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मालगायतले अभिनय गरेका छन्।

फिल्मको आकर्षणका रूपामा एक गीतमा विल्सन विक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानाको नृत्य हेर्न पाइन्छ।अजम्बरी फिल्म्स्को ब्यानरमा तारादेवी लिम्बूद्वारा निर्मित फिल्म पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको छ भने एक गीत मुस्ताङमा छायांकन गरिएको छ।

फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा, डीपी खनालको गीत रचना, ताराप्रकाश लिम्बू, विकास चौधरी र आशिष अविरलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, राजु किरा“तीको द्वन्द्व निर्देशन, विक्रम डीसीको छायांकन र प्रवीण ढकालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्