कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ



बाँके ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी नेपालगंज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्