राप्रपाले पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने 



काठमाडौं ।

राप्रपाले पार्टी परित्याग गरेका सदस्यहरूको नाम अभिलेखबाट हटाउने निर्णय गरेको छ। काठमाडौंमा बुधबार र बिहीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी परित्याग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो।

बैठकले राप्रपा परित्याग गरेका केन्द्रीय सदस्य–कास्की जयलाल पुन, जिल्ला सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेशसभा क्षेत्रीय कार्य समितिको २ (ख) का अध्यक्ष देवेन्द्र बास्तोला र पोखरा महानगरपालिका नगर कार्यसमितिको अध्यक्ष महेश्वर आचार्यको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्