सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला आठ सय रूपैयाँले घटेको सुन बिहीबार दुई सयले बढेको हो।

बजारमा बिहीबार छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरको छ भने तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्