वेस्टइन्डिज विरुद्धको खेलमा ईङल्याण्ड विजयी



काठमाडौं ।

जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ। गएराती सम्पन्न खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो।

वेस्टइन्डिजले दिएको २०३ रनको लक्ष्य पछाएको ईङल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३९.४ ओभरमा अल आउट हुदै २०२ रन बनाएको थियो।

योसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। यस अघि सम्पन्न पहिलो खेल वेस्टइन्डिजले  जितेको थियो। अब सिरिजको अन्तिम खेल शनिबार हुने छ।

प्रतिक्रिया दिनुहोस्