सिरिजमा भन्नै पर्ने भो



शिवहरि रोक्काको लेखन र निर्देशनमा बनेको हास्य सिरिज भन्नै पर्ने भो सिजन २ प्रसारणमा आउने भएको छ।

समाजमा विद्यमान विकृति र विसंगतिलाई चिर्दै जनचेतना जगाउने उद्देश्यले निर्मित सिरिज यल एसएचआर मूभिज युट्युव च्यानलमा अपलोड हुनेछ।

जयन्त रेग्मी, रामशरण जंगम, राजकुमार शाह, रचना पौडेल, लक्ष्मण खत्री, कुसुम भण्डारी, विकाश अधिकारी, रामसुन्दर थापा, अस्मिता त्वयना र नयाँ प्रस्तुतिको रूपमा टिकटकमा भाइरल कपाल वाली गरिमा पोख्रेलको अभिनय रहेको छ।

एसएचआर मुभिजको प्रस्तुति रहेको सिरियलमा लक्ष्मण खत्री र राजकुमार वनको निर्माण, सागर खड्काको छायांकन र सुरेश श्रेष्ठको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्