रहेनन् ‘सीआईडी’का इन्स्पेक्टर दिनेश फडणीस

0
Shares

एजेन्सी ।

सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ। ५७ वर्षीय उनको उपचारका क्रममा आज निधन भएको हो।

उनी ५ दिन पहिले अस्पताल भर्ना भएका थिए। यो कुराको पुष्टि दिनेशका साथी दयानन्द शेट्टीले गरेका छन्।

दयानन्दका अनुसार अस्पतालमा भर्ना हुँदा दिनेशको अवस्था नाजुक थियो। उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो। तर, १ दिनपछि दिनेशको स्वास्थ्यमा सुधार देखिएको थियो। उनको शरीरले राम्रो प्रतिक्रिया दिइरहेको थियो।

दिनेश फडणीसले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए। सुरुका केही एपिसोडहरूमा उनले कठोर पुलिस इन्स्पेक्टर फ्रेडरिक्सको भूमिका खेले।

यद्यपि पछि उनी हास्य कलाकारको रूपमा परिचित हुन थाले। यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो।