सिरियलमा टुल्के दाइ

0
Shares

पछिल्लो समय टेलिसिरियल खासै बन्दैनन्। बने पनि लामो समय टिक्न सक्दैनन्। यसैबीच, निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन्।

उनको निर्देशनमा आगामी मंसिर १५ गतेबाट प्रसारणमा आउने टुल्के दाइ नामक टेलिसिरियलको प्रोमो रिलिज गरिएको छ। रिलिज गरिएको तीन मिनेट लामो प्रोमोमा सामाजिक एवम् पारिवारिक कथावस्तु प्रस्तुत गरिएको छ। सिरियलमा बाबुराम शाक्य टुल्के दाइ बनेका छन्।

बीएम पिक्चर्सको प्रस्तुतिमा निर्मित सिरियलमा मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेतलगायत कलाकारले अभिनय गरेका छन्।

सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा, अनिल जिसीको छायांकन र मुकेश हमालको सम्पादन रहेको छ। सिरियल टुल्के दाइ युट्युब च्यानलबाट रिलिज हुनेछ।