ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल



काठमाडौं ।

अर्जेन्टिनाले ब्राजिलमाथि जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औं मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो । यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको ६ खेलमा १५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । ब्राजिलको भने विश्वकप छनौटमा यो तेस्रो हार हो । ६ खेलमा २ खेल जितेको ब्राजिलले एक बराबरी खेलेको छ र अंकतालिकामा छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्