जाकार्तामा नेपालको सांस्कृतिक प्रस्तुति



एभरेस्ट नेपाल कल्चरल ग्रुप इन्डोनेसियाको दक्षिणी तङेराङ जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ।

तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक आदान–प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको एभरेस्ट नेपाल कल्चरल ग्रुपले इन्डोनेसियाको दक्षिणी तङेराङ, जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदान–प्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको हो।

ग्रुपकी निर्देशक शितल आचार्य ‘सीता’ को व्यवस्थापन तथा ग्रुपका प्रमुख डा. आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा सहभागी हुन त्यसतर्फ गएको टोलीमा नृत्य निर्देशक चुडामणि फुयाँल, नृत्य निर्देशक निरु फुयाँल र लोक तथा दोहोरी गायक युवराज मगर सहभागी थिए।

सोही अवसरमा समुूहका प्रमुख डा. आरसी कोइरालाले दक्षिणी तङेराङ नगरपालिकाका प्रमुख, सहभागी तथा आयोजकलाई भेट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावनाबारे तथा भविष्यमा यससम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरूकोे सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्