विश्वकप छनौट : उरुग्वेसँग हार्‍यो अर्जेन्टिना



काठमाडौँ । 

विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ ।

 शुक्रवार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

 उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए ।

 यो गत बर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो ।

 साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो । ५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्