महिला टी-२० सिरिज : आज नेपालको प्रतिस्पर्धा हङकङसँग



काठमाडौं । 

नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक हङकङको सामना गर्दैछ ।

 सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको नेपालले दोस्रो खेलमा आज हङकङसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुदैछ ।

 बुधबार सम्पन्न खेलमा हङकङले जापानलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै आज जापानले तान्जानियासँग विहान ७: १५ बजेदेखि शुरु हुदै छ ।

 यस सिरिजमा नेपालले अर्को खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ । चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टोलिले फाइनल खेल्ने छन्  । फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन्  ।

 नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर,  संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

प्रतिक्रिया दिनुहोस्