सहारा ग्रूपका अध्यक्ष सुब्रत रोयको निधन



काठमाडौँ।

सहारा ग्रूप अफ इन्डियाका संस्थापक अध्यक्ष सुब्रत रोयको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो।

उनी लामो समयदेखि  बिरामी थिए । उनलाई आइतबार  कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचारका लागि  भर्ना गरिएकोमा  उपचारकै क्रममा  मंगलबार उनको मृत्यु भएको हो।

उनको पार्थिव शरिर अन्तिम संस्कारका लागि लखनउ ल्याउने तयारी भइरहेको छ ।

रोयले साहरापछि  धेरै क्षेत्रमा ब्यापार विस्तार गरेका थिए । उनको नेतृत्वमा फाइनान्स,रियलस्टेट,मिडिया तथा हस्पिटालिटी, एयरलाइन्सलगायतका क्षेत्रमा लगानी विस्तार गरिएको छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्