इन्जिनमा समस्या आएपछि सिमकोट मै रोकियो नेपाल एयरलाइन्सको जहाज



काठमाडौँ।

सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ । अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो ।

नेपालगन्जका लागि चौध जना यात्रुहरू भरेर एउटा ईन्जिनीन सञ्चालन गरेर अर्को इन्जिन सञ्चालन गर्दा उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको बताइएको छ।

पटक पटक चालक दलका सदस्यहरूले इन्जिन सञ्चालन गर्ने प्रयास गर्दा नभएपछि यात्रुहरूलाई झारिएको थियो ।
उक्त जहाजमा एक जना बिरामी महिला समेत छन् ।

प्रतिक्रिया दिनुहोस्