राष्ट्रपति पौडेलले गरे गाई पूजा



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज गाईपूजा गरेका छन्। राष्ट्रपति पौडेलले शीतलनिवासमै विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन्।

तिहारको तेस्रो दिन अर्थात् गाई तिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ यसै अवसरमा राष्ट्रपति पौडेलले गाईपूजा गरेका हुन्।

यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्