तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा 



काठमाडौँ। 

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज (आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा  पर्व मनाइँदै छ ।

यस अघि यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मी पूजा यस पटक तिथिका कारण आइतबार नै परेको र सोही दिन नै लक्ष्मी पूजा गरिने नेपाल  पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आइतबार  बिहान  कुकुर पूजा पनि  गरिने छ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आइतबार  बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

तिहारको तेस्रो दिन सोमबार गाईपुजा गरिनेछ भने चौथो दिन मंगलबार गोवर्द्धन पूजा र गोरु पूजा गरिनेछ । यसैगरि तिहारको अन्तिम र महत्त्वपूर्ण दिनको रुपमा रहेको बुधवार भाइ पूजा गरी तिहार समापन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्