कलंकी मन्दिरको रजत महोत्सव सम्पन्न



काठमाडौँ।

कलंकी मन्दिर संरक्षण तथा सुधार संस्थाको रजत जयन्तीको अवसरमा पारेर एक बर्ष भित्र २५ वटा बिभिन्न कार्यक्रम गरेर रजतजयन्ती समारोह शनिबार औपचारिक रुपमा सकिएको घोषणा गरिएको छ ।

सर्बोच्च अदालतका पूर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा रजतजयन्ती समारोह आयोजक समितिले आयोजना गरेको बिभिन्न बिधामा भएको कार्यक्रममा उत्कृष्ट हुने र कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

आयोजक समितिले रक्तदान, फुटसल प्रतियोगिता, चित्रकला प्रतियोगिता, दौड प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले धार्मिक सद्भाव कायम राख्न यस्ता संस्थाले आयोजना गरेको यस्ता कार्यक्रम फलदायी हुने बताए ।

अहिले हामीले हाम्रो समजलाई कता लैजाने भन्ने बेला आएको बताउदै धर्म यस्तो चिज हो जसले समालाई एकताबद्ध बनाएर अघि लैजान मद्धत गर्ने उनले बताए ।

 

 

कार्यक्रममा काठमाडौ महानगरपालिका १४का अध्यक्ष सुमन श्रेष्ठले कलंकी मन्दिर संरक्षण समाजले एक बर्ष भित्र बिभिन्न कार्यक्रम गरेर धार्मिक संस्थालाई चलायमान बनाएको बताए ।

संस्थाका अध्यक्ष बीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी ओम थपलिया, सुरथ पोखरेल, सुन्दर थापा लगायतले कार्यक्रकको उदेश्यमाथि प्रकास पारेका थिए ।

समाचारपत्रकर्मी रिजाल सम्मानित

सोही कार्यक्रममा संचार माध्यम मार्फत संस्थाको गतिबिधिलाई देश बिदेश सम्म फैलाउन योगदान गरेको भन्दै न्युज अफ नेपालका सम्पादक दीपक रिजाललाई सम्मान गरिएको थियो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कार्कीले प्रमापणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्