सूचनामैत्री हुने कालिकोटका प्रजिअ  नेपालीको प्रतिबद्धता 

94
Shares

कालिकोट। 

 भर्खरै मात्र जिल्लामा आएका  प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जिल्लामा रहुन्जेल सूचनामैत्री भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्  ।

तिहार र छठ पर्वको अवसरमा शनिवार जिल्ला प्रशासन कार्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा उनले नागरिकलाई  सहज सेवा प्रवाहको लागि सञ्चार क्षेत्रले महत्त्वपूर्ण  भूमिका खल्नु पर्नेमा जाेड दिए ।

 सामाजिक रुपान्तरणका र समृद्ध कालिकोटका लागि प्रशासन र सञ्चारकर्मी मिलेर जानु पर्ने धारणा राखे ।

 समृद्ध नेपालकाे लागि समृद्ध कालिकोट हुनु पर्ने र  त्यसका लागि समाजका बिकृति बिसंगतीकाे उजागर गर्न अावश्यक रहेकाे अाैल्याए।
सुशान कायम गर्न सूचनाकाे हक सम्वन्धि तालिम लिएको बताउँदै प्रहरी प्रशासन जति पारदर्शी हुन सक्याे त्यति कार्य सम्पादनमा सहज हुने भएकाले सूचना मैत्री हुने बताए ।

 कार्यक्रममा कालिकोटका प्रहरी प्रमुख अर्जुन केसि,गुल्मपति अर्जुन बस्नेत,सशस्त्र प्रहरी प्रमुख प्रमाेद खड्का,अनुसन्धान कार्यालय प्रमुख नित्यानन्द ढुंगाना,सहायक प्रमुख जिल्ला अधिकारी सराेज अधिकारी र जिल्ला स्थित सम्पूर्ण  क्रियाशिल पत्रकारहरुकाे उपस्थिति रहेकाे थियो ।