आजको मौसम : लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौँ।

पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्