विश्वकप छनोट खेल्ने नेपाली फुटबलको टिमको बिदाइ 



काठमाडौँ । 

नेपालले फिफा विश्वकप र एएफसी एसिया कप संयुक्त छनोटको दोस्रो चरण खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ।

छनोट चरण अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलका लागि एन्फाले युएई जाने टोलीलाई शुक्रवार बिदाइ गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार २३ सदस्यीय टोली पनि घोषणा गरेको थियो । रक्षक योगेश गुरुङ,मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

यसैगरी गरी अभ्यासका क्रममा घुँडामा चोट लागेको कारण अनुभवी रक्षक अनन्त तामाङले युएईविरुद्धको खेल गुमाउने भएका छन् । नेपालले कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्नेछ । यसैगरी नेपालले मसिंर ५ मा घरेलु मैदानमा यमनसँग खेल्नेछ ।

पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई पराजित गर्दा युएई र बहराइनले भने वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका हुन् । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा नेपाल, युएई, बहराइन र यमन छन् ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षकः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

प्रतिक्रिया दिनुहोस्