भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु



बझाङ ।

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्