पाँच राउण्ड गोली र लागूऔषधसहित दुईजना पक्राउ



सप्तरी । 

खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्