तीन फरार प्रतिवादी पक्राउ



उदयपुर ।

 गस्तीमा रहेको इलाकाप्रहरी कार्यालय बेल्टार प्रहरी टोलीले सोमबार ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी मंगलबार फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कुटपिट मुद्दामा अदालतको फैसलाले  मिति २०७५ भदौ ९ गते चौदण्डीगढी नगरपालिका १० हडिया बस्ने ४८ वर्षकी पवित्रा विष्ट र सोही ठाउँ बस्ने वर्ष १८ की उमा विष्टलाई जनही पाँच हजार जरिवाना तोकेको मा उनीहरु फरार अवस्थामा रहेका थिए ।

यसैगरी सोही मितिमा जवरजस्ती करणी मुद्दामा उदयपुर जिला अदालतको मिति २०७७ भदौ २३ गतेको फैसलाले दुई हजार जरिवाना तोकिएका चौदण्डीगढी नपा १० खैराझोडा बस्ने वर्ष ३९ को (नाम परिवर्तन) आरकेसी लाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्