श्रीलङ्कन क्रिकेट बोर्ड विघटन



काठमाडौँ । 

आईसीसी विश्वकप क्रिकेट २०२३ मा भारतसँग नराम्ररी पराजित भएका कारण श्रीलङ्कन क्रिकेट बोर्डलाई सोमबार विघटन गरिएको छ ।

विश्वकपमा ५५ रनमा अल आउट हुँदै बाहिरिएपछि श्रीलङ्कन क्रिकेट बोर्डलाई विघटन गरिएको हो । उक्त खेलमा श्रीलंका  ३ सय दुई रनले पराजित भएको थियो। भारतसँग लज्जास्पद हार भोगेपछि श्रीलङ्कन क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्भाले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

अध्यक्ष सिल्भाले राजीनामा दिने घोषणा गरेपछि खेलमन्त्री रोशन रणसिन्धेले बोर्ड नै विघटन गरेका हुन् । श्रीलङ्कन क्रिकेट बोर्ड विघटन गरेपछि मन्त्री रणसिन्धेले पूर्व विश्वकप विजेता कप्तान अर्जुन रणतुंगाको अध्यक्षतामा सात सदस्यीय अन्तरिम समिति नियुक्ति गरेका छन्। बोर्डको विघटन गर्नुअघि अध्यक्ष शिल्भाको राजीनामाको माग गर्दै बोर्ड परिसरमा श्रीलंकन क्रिकेट समर्थकहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्