बर्थ डे ब्वायले सचिनको बराबरी गरे



नयाँ दिल्ली, (एजेन्सी) । 

विराट कोहलीले आफ्नो ३५ आंै जन्मदिनमा सचिन तेन्दुलकरको ४९ औं एकदिवसीय कीर्तिमानी शतक बराबरी गरेका छन् ।जारी क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेपछि बर्थ डे ब्वाय् विराट सचिनको बराबरीमा पुगेका हुन् ।

उनले १ सय १९ बलको सामना गर्दै शतक पुरा गरेका थिए । विराटले २ सय ७७ इनिङमा सो उपलब्धि हासिल गरेका हुन् । तर, सचिनलाई यहाँसम्म पुग्न ४ सय ५२ इनिङको आवश्यक भएको थियो । विराटले सचिनभन्दा १ सय ७५ इनिङ कम खेलेर ४९ औं एकदिवसीय शतक प्रहार गरेका छन् ।

विराटको यो जारी विश्वकपमा दोस्रो शतक पनि हो । उनले बंगलादेशविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । साथै उनी जारी विश्वकपमा ५ सय रन बनाउने तेस्रो ब्याटर हुन् । ५ सय रन पुरा गर्ने पहिलो ब्याटर दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिकक हुन् भने दोस्रो ब्याटर न्युजिल्यान्डका रचिन रविन्द्र हुन् । क्विन्टनले ४ र रचिनले ३ शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्