रोमाञ्चक फाइनलमा नेपाल पराजित



काठमाडौं  ।

आईसीसी टी २० विश्ककप एशिया क्षेत्र छनोटको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । त्रिवि मैदानमा भएको फाइनल खेलको नतिजा सुपर ओभरमा छिनोफानो हुँदा नेपाल पराजित भयो । सुपर ओभरमा प्रत्येक बलमा बाउन्ड्री आवश्यक हुन्छ, यसमा ओमान भने तीन छक्का प्रहार गर्न सफल भयो । नेपालको तर्फबाट बलिङ अभिनाश बोहराले गरेका थिए । तर, उनको तीन बल बाउन्ड्री पार हुनु नै नेपालको दुर्भाग्य भएको थियो ।

सुपर ओेभरमा ओमानले २१ रन बनाएको थियो । जवाफमा नेपालले १० रन मात्रै बनाउन सक्यो र उपविजेतामा चित्त बुझाउनु प¥यो । नेपालका लागि कुशल भुर्तेल र गुलशन झा ब्याटिङमा थिए । ओमानतर्फ बलर थिए बिलाल खान । बिलालको पहिलो बलमै कुशल आउट भए । यसपछि कुशल मल्ल क्रिजमा आएका थिए । तर, उनले ठूलो शट हान्न कोशिस गरे पनि ब्याट र बलको सम्पर्क राम्रो भएन । नेपालले चार बलमा २ रन बनाएपछि नै ओमानको टोलीमा खुशी मनाउन शुरु भइसकेको थियोे । त्रिवि मैदान वरिपरि भएका हजारौ घरेलु दर्शक भने शान्त बनेको थियो । पछि २ चौकाको कुनै महत्व नै रहेन ।

खेल टाइ
यसअघि नेपालले पहिले ब्याटिङ गरी १ सय ८५ रनको लक्ष्य दिएको थियो । ओमानले यो लक्ष्य बराबरी गरेको थियो । खेल टाइ भएपछि नतिजा सुपर ओभरमा गर्नु परेको थियो । अन्तिम ३ ओभरमा नेपालले रन रोक्न नसक्नु नै जित हासिल गर्न नसकेको थियो ।
३ ओभर बचेकोमा बल र रनको दुरी फराकिलो थियो । नेपाल उपाधितिर अग्रसर नै थियो । तर, अन्तिम ओभरसम्म आइपुग्दा ओमानले ६ बलमा ८ रन बनाउनु पर्ने सजिलो समीकरण बनाइसकेको थियो । अन्तिम ओभरको जिम्मा सन्दीप लामिछानेले लिएका थिए ।
सन्दीपले यसै ओभरमा २ विकेट लिए भने एक ब्याटर रनआउट भएको थियो । यो अन्तिममा टाइ भएपछि अर्को रन लिन दौड्न पुग्दा आउट भएका थिए । ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन जोडेका थिए । अकिब इल्यासले ३३ रन, कप्तान जिशान मकसुद २६ रनमा आउट भएका थिए । नेपालको बलिङमा सन्दीपले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाशले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

रोहित र गुलशनको अर्धशतक
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेपालका लागि गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । जसमा गुलशनले ५४ रन र रोहितले ५२ रन योगदान दिएका थिए । गुलशनले २० बलमै अर्धशतक प्रहार गर्नु नै नेपालले ओमानलाई ठूलो लक्ष्य दिन सफल भएको थियो । यस्तै करण केसीले ६ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । ओमानको बलिङमा बिलालले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशानले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फयाज बटले विकेटविहीन हुँदै ४ ओभरमा ६३ रन खर्चेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्