पुरुष भलिबलको उपाधि भरतपुर नगरपालिकालाई



जिरी, दोलखा । 

दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजना भएको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिबल प्रतियोगिता तर्फको उपाधि चितवनको भरतपुर नगरपालिकाले हात पारेको छ ।

जिरी नगरपालिकाको सहकार्यमा युवा सञ्जाल जिरीले आयोजना गरेको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिभल प्रतियोगिता तर्फ प्रथम भएर भरतपुर नगरपालिकाले उपाधि जितेको हो । प्रतियोगीतामा मकवारपुरको थाहा नगरपालिका द्धितिय भएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका तृतीय र रामेछापकै लिखु तामाकोशी गाउँपालिका सान्त्वना भएको छ ।

प्रतियोगीतामा प्रथम हुने भरतपुर नगरपालिकालाई एक लाख ५१ हजार, द्वितिय हुने थाहा नगरपालिकालाई एक लाख एक हजार, तृतीय हुने गोकुलगंगा गाउँपालिकालाई ५१ हजार तथा सान्त्वना हुने लिखु तामाकोशी गाउँपालिकालाई २५ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक युवा सञ्जाल जिरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्